निर्देशकको आदेश अस्वीकार गर्ने बलिउड स्टार

फिल्ममा निर्देशकको महत्वपूर्ण भूमिका हुन्छ । यस्तो अभ्यास बलिउडमा त झनै बढी देखिन्छ । किनकि, बलिउड निर्देशकहरू फिल्मलाई आफ्नो हिसाबले पेस गर्न चाहन्छन् । जब कुनै स्टारले निर्देशकको आदेश मान्दैन र मनोमानी काम गर्छ तब स्टारलाई सम्झाउन निर्देशकलाई निकै अप्ठ्यारो हुन्छ । यस्तै अप्ठ्यारोमा पार्ने तीन बलिउड स्टार, जो निर्देशकको आदेश मान्न कुनै हालतमा तयार भएनन्:

ऐश्वर्य राय बच्चन
ऐश्वर्य राय बच्चन आफ्नो भूमिकाका लागि सधैँ समर्पित भएर काम गर्छिन् । तर, फिल्म ‘जोधा अकबर’को एक सिनमा ऋतिक र ऐश्वर्यले राजा–महाराजाले खाने खानालाई साँच्चै खानुपर्ने थियो । ती सबै परिकार विदेशी घ्युबाट बनाइको थियो । तर, ऐश्वर्यले आफ्नो स्वास्थ्यको कारण देखाउँदै ती परिकार खान अस्वीकार गरेकी थिइन् । उनले खाना नखाइदिएपछि निर्देशक सकसमा परेका थिए ।

ऋतिक रोशन
निर्देशकको आदेश नमान्ने मामलामा पहिलो नम्बरमा आउँछन्, अभिनेता ऋतिक रोशन । निर्देशक आशुतोष गोवरिकरले निर्देशन गरेको फिल्म ‘मोहन जोदारो’ मा ऋतिकलाई निकै अग्लो उचाइबाट फाल हान्नुपर्ने थियो । तर, ऋतिकले यस किसिमको स्टन्ट गर्न इन्कार गरिदिए । उनले आफूले दिमागको सर्जरी गरिरहेको र यही कारण उक्त स्टन्ट नगर्ने निर्देशकलाई बताएका थिए ।

करिना कपुर
प्रकाश झा निर्देशित फिल्म ‘सत्याग्रह’को एक गीत ‘रससे भरे तेरा नैना’मा करिना कपुरले अभिनेता अजय देवगणलाई किस गर्न इन्कार गरिदिएकी थिइन् । गीतको मागअनुसार भिडियोमा दुईले ‘इन्टिमेट सिन’ दिनुपर्ने थियो । तर, करिनाले त्यो कुरा सुनेरै ‘नाइँ’ भनेकी थिइन् । निर्देशकले जति कर गर्दा पनि उनले त्यो सिन दिन मानिनन् ।

नयाँपत्रिकाबाट





Comments

comments

Leave a Reply

24272