१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

काठमाडौं, सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो ।

१८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाउँदैछ ।

रोजगारीको हकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा कानुन मन्त्रालयले समेत सहमति दिएपछि मन्त्रिपरिषद पठाउन लागिएको हो । ‘मैले सदर गरिसकेँ, अब मन्त्रिपरिषदमा पठाउँछौं,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टले भने, ‘विधेयकमा भएको व्यवस्थाले बेरोजगार युवाको समस्या समाधान गर्नेछ ।’ कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24303