यसरी भयो ११ बर्षीय निशानको अपरणपछि हत्या, झरीसँगै आँसुको बर्षा !

पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए ।

नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि थाहा पाएका थिए । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार श्रीमानले पठाएको पैसा जम्मा पारेको थाहा पाएरै उनीहरुले पैसा धुत्न अपहरण गरेको देखिन्छ। कान्तिपुर दैनिकमा खबर छ।

सधै होटलमा आउने, खाने र कहिलेकाही बस्नेसमेत भएकाले निशान सजिलै अपहरणकारीको पछि लागेर गएको प्रहरी अनुसन्धानमा देखिन्छ । अपहरणकारीले निशानलाई नगदेशस्थित आफू बस्ने डेरामा लगे र उनकै अघि चमेलीसँग फोन गरेर फिरौती मागेका थिए।

प्रहरी स्रोतका अनुसार अपहरणकारीको मोबाइल ८ बजेर ५७ मिनेटमा बन्द भएको थियो । उनीहरुले पुरानो सिम निकालेर नयाँ सिमबाट निशानको आमासँग कुरा गरेपछि फेरि फोनबाट नयाँ सिम निकालेका थिए ।

फिरौती मागेको थाहा पाएपछि आत्तिएर कराउन थाले पछि उनीहरुले कोठामै निशानको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यालगत्तै डेरा नजिकै खनेको घरको जगमा उनीहरुले निशानको शवलाई हालेको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार निशानको हत्या राती १२ बजे अगाडि नै गरेजस्तो देखिएको छ । हत्यापछि शव व्यवस्थापन गरेर अपहरणकारी सोही कोठामा बसेको र बिहानमात्रै बाहिर निस्केको देखिन्छ ।


झरीसँगै आँसुको बर्षा

खहरेस्थित हाईल्याण्ड इङलिस स्कुलको कक्षा ६ मा सोमबार निशान खडका उपस्थित थिएनन् । उनी बस्ने बेन्च खाली थियो । रातभर झरी परेकाले निशान स्कुल नआएका होलान् भन्ने उनका सहपाठीको अन्दाज थियो । तर अनुमान पनि गरेका थिएनन् साथीसंग अब कहिल्यै भेट हुदैन भनेर ।

निशानको अनुपस्थितीको कारण बुझ्न आइतबारको घटनामा पुग्नुपर्छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट बसाई सरेर पेप्सीकोला टाउन प्लानिङमा खाना र चिया बेच्ने सानो रेष्टुरा चलाएर दुई छोरी र कान्छो छोराको हेरचाह गरेर बसेकी थिइन्, चमेली खडका ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24310