आईतबार साँझ काठमाडौंबाट अपहरणमा परेका ११ बर्षिय बालक निशान खड्काको हत्या गर्ने दुई हत्याराको प्रहरी मुठभेडमा मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिकाको नगदेशस्थित एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव गाडिएको अवस्थामा सोमबार मध्यान्ह प्रहरीले शव फेला पारेको थियो ।

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेको बालक खड्काको परिवारले जनाएको छ । सिन्धुपाल्चोक ज्यामिरे स्थायी घर भएका बालक खड्का हाईलेन स्कुल काँडाघारीमा कक्षा ६ मा अध्ययनरत रहेका थिए । अपहरणकारीको खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारी समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको टोलीसँगको भिडन्तमा भक्तपुरकै सुर्यबिनायक मन्दिरमाथि रहेको जङ्गलमा सोमबार दिउँसो अपहरणकारीसँग भिडन्त भएको थियो । अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि उनीहरुले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महागरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरण पश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । भिडन्तमा मारिनेमा नुवाकोट सामरीका अजय तामाङ्ग र सिन्धुपाल्चोक कार्यथलीका गोपाल तामाङ्ग रहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका–३२ काँडाघारी टाउँन प्लानिङ्गबाट अपहरण गरि बालक खड्कालाई भक्तपुरको मध्यपुर थिमिमा पुर्याइएको थियो । नेपाल समाचारपत्रमा खबर छ।



.















Comments

comments