हङकङमा अनेसासले यसरी मनाइयो भानुजयन्ती

एचकेनेपाल डट कम संवाददाता –

हङकङ। अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टर) ले भानुजयन्ती भव्यताका साथ मनाएको छ।

हालै पुनर्गठन भएको च्याप्टरले अगष्ट ५ तारिख आइतवारका दिन जोर्डनस्थित कंगन रेष्टुरेटमा पहिलो कार्यक्रम आदिकवि भानुजयन्ती समारोह तथा खुल्ला कविता वाचन गरि भव्यताका साथ मनाइएको हो।

अध्यक्ष भविन लिम्वुको अक्ष्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अथिति बरिष्ठ साहित्यकार रेखा कवि अतित मुखिया रहेका थिए। बिशेष अथितिका रुपमा साहित्यिकार टंक सम्बाहम्फे, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, चित्रकार दिपेन्द्र राई सल्लाहकार कमल पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु थिए।

प्रमुख अथिति मुखियाले चित्रकार रमण गुरुङद्वारा तयार पारिएको भानुभक्तको चित्रको उदघाटन गरी कार्यक्रम शुरु भएको थियो। कार्यक्रममा उपाध्यक्ष रमण गुरूङले स्वागत मनतव्य व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा अनेसासका संस्थापक तथा पूर्व सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा बरिष्ठ सल्लाहकार पशन तमू (अस्वस्थताका कारण अनुपस्थित), सल्लाहकार टंक सम्बाहम्फे, सल्लाहकार कमल प्रसाद पौडेल र मोती चाम्लिङ रहेका थिए।

त्यस्तै गरी, नयाँ कार्यभार सम्हालेका नयाँ कार्य समितिका क्रमशः अध्यक्ष भविन लिम्वु, उपाध्यक्ष रमण गुरूङ, महासचिव पूर्णिमा शाह, सचिव दिपेन्द्र राई, कोषाध्यक्ष सुनिता गिरीलाई पूर्व संस्थापक सदस्यहरूबाट प्रमाण पत्र दिएर कार्यभार सुम्पिएका थिए। कवयित्री सुनिता गिरीबाट अनेसासको वर्तमान सदस्यहरूहरूको विवरण पढेर सुनाएकी थिइन्।

मनतव्यको क्रममा साहित्यककार टंक सम्बाहम्फेले भाषा, साहित्यि तथा अनेसासको कार्य गतिविधि र यसको पुनर्गठनबारे प्रकाश पारेका थिए। त्यसतै गरी, महासंघ अध्यक्ष रिता गुरूङ, हेमकुमार लावती र प्रमुख अथितिले शुभकामना मनतव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अन्तमा कविता वाचन गरिएको थियो। कविता वाचन गर्ने क्रममा कमलप्रसाद पौडेलले भानुको परिचयात्मक कवितासहित अन्य कविता सुनाएका थिए। त्यसै गरी, कविता वाचन गर्नेहरुमा सुनिता गिरी, टिबी याख्खा, डिबी पालुङ्वा, कमलप्रसाद पौडेल, पूर्णिमा शाह, बिष्णु मुखिया, रोशी शेर्पा ,युडिया गुरुङ, आयुशी पौडेल,पुनम मेरी, रेजिना सिन्चुरी, रंजिता थापा, दिपेन्द्र राई र रमण गुरूङ थिए।

महासचिव पूर्णिमा शाहद्वारा संचालित कविता वाचनमा सहभागी सबैलाई प्रमुख अथितिले प्रमाणपत्र बितरण गरेलगत्तै अध्यक्ष भविन लिम्वूले कार्यक्रम समापन गरेका थिए।

(महासचिव पूर्णिमा शाहको सहयोगमा)





Comments

comments

Leave a Reply

24359