अब पासपोर्ट ६ किसिमका

काठमाडौं – सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ।

हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ।

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको खबर कान्तिपुरमा छ।

थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ‘सर्भिस पासपोर्ट’ दिने व्यवस्था गरिएको छ।

पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24363