मोनिका घलेलाई मिस नेपाल नर्थ अमेरिकाको उपाधि

विजय थापा / एचकेनेपाल डट कम –
न्यू योर्क , मोनिका घलेले न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को ताज जितेकी छिन् । १६ प्रतिस्पर्धीहरुलाई पछि पार्दै घले प्रथम नेपाल नर्थ अमेरिका २०१८ को उपाधि जितकी हुन्।

प्रतियोगितामा सुजाता लामा फस्ट रनरअप र श्रीजना राई सेकेण्ड रनरअप भए।

अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको हो। मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्कस्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ सम्पन्न भएको हो।

प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो ।पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए।

दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ की बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो।

प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिईन । यसै गरि सन २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफसम्बन्धी तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए।

मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी ,मिस पपुलर (जनताको मतद्वारा )मा स्वेता खड़का ,मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह ,मिस स्माईलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी ,मिस पर्सोनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी , मिस क्याटवाकमा मोनिका घले ,मिस फ्रेन्डसिपमा सुजाता लामा,मिस हेयरमा ज्योति गुरुङ,मिस राईजिग स्टारमा स्‍मृति लामिछानेलाई प्रदान गरिएको छ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई , हेमन्त राना ,बिक्की गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरुमा राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सहसंस्थापक सभापति हुन्।

तस्बिर: विक्रान्त मान श्रेष्ठ





Comments

comments

Leave a Reply

24391