इन्टरनेटबाट एक अर्बभन्दा बढी ठगी!

ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ ।

दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठूलो परिमाणमा शुल्क असुल गरेका हुन् ।

ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको खबर नयाँ पत्रिकामा छ ।

विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन ।





Comments

comments

24402