सूर्यास्तमा किशोर र अप्सराको रोमान्स

काठमाण्डौ । चलचित्र सूर्यास्तको आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ ।

आइटम गीतको लागि राजधानीको गंगबुमा रहेको एक रोधी घरमा आइटम गीतको छायांकन गरिएको हो।

आइटम गीतलाई दिनेश पाख्रिनले कोरियोग्राफी गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकी अप्सरा राई पहिलो पटक आइटम डान्स गरेकोले केही गाह्रो भए पनि रमाइलो भइरहेको बताइन्।

राज बस्न्यातको निर्माण निर्देशन रहेको यो चलचित्र सुर्यास्तमा किशोर खतिवडा , प्रज्वल गिरि , अप्सरा राई , पनाह अधिकारी , रितेश श्रेष्ठ काजि रम्तेललगायतका कलाकारको अभिनय रहेको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र सूर्यास्तका गीतमा बिकाश चौधरी र जनम राईको संगीत रहेको छ । चलचित्रको कथा पटकथा पनाह अधिकारीले लेखेकी हुन् । चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24431