बाढीले प्रचण्ड ओलीको मिल र जग्गा बगायो

जाजरकोटको नलगाड नगरपालिकामा वाढीका कारण करोडौको क्षति भएको छ ।

जिल्लाको पुरूवी भागमा अवस्थित नलगाड नगरपालीकाको वडा नं. २, ३ र ४ मा गएराती गएको वाढीका करण करोडौँको क्षति भएको खबर नेपाल समाचारपत्रमा छ।

स्थानीय झुप्रा खोलामा आएको बाढीले ४ घर सहित दुई वटा पुल तथा सयौं रापेनी धानखेत बगाएको छ । बाढीले स्थानीयका घर, १५ वटा घुम्ती पसल, ६ मिल, ५५ घट्ट, २ वटा ट्रस ब्रिज पुल सहित सयौं रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए ।

मंगलबार राति आएको बाढीले नलगाड नगरपालिका ३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशीवहादुर विष्टको घर सहित जग्गा वगाएको छ । उनका अनुसार वडा नम्बर ४ का हिरालाल पन्त र वडा नम्बर २ का सर्वजीत सुनारको मिल बगाएको छ । त्यस्तै सोही खोलानजिकमा रहेका दीपक सुनारका दुई ओटा घट्ट बगाएको छ ।

वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीको मिल तथा जग्गा वाढीले वगाएको छ । त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको ट्रस ब्रिज पुल , वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित ट्रस ब्रिजपुल पनि बगाएको नगरप्रमुख रावलले बताए । रावलका अनुसार झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको सहित २ वटा मिल बगाएको छ । उक्त खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी धान सहितको खेत बगाएको उनले बताए।





Comments

comments

Leave a Reply

24433