अफगानिस्तान लैजाने भन्दै ८ करोड ठगी गर्ने पक्राउ

रोजगारीकालागि अफगानिस्तान लगायतका मुलुकमा पठाउने भन्दै ठगी गरी ७ वर्ष देखी फरार रहेका झापाका सोमनाथ निरौला बुधबार पक्राउ परेका छन् ।

निरौला लगायतको समुहले २०६८ कात्तिक २५ गतेबाट विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले ८ करोड भन्दा बढी रुपैंया ठगी गरी फरार रहेको भन्ने पीडितको जाहेरीको आधारमा अन्तराष्ट्रिय स्तरमा फरार अपराधीहरुको खोजीका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गरी जारी गरिने नोटिस तथा डिफ्युजनका प्रतिवादीहरुलाई अध्यागमन विभागको कालो सुचीमा राख्नको लागि प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गरिएको पत्राचारको आधारमा निरौला उपर वैदेशिक रोजगार कसूरमा २०६९ जेठ ३२ गते डिफ्युजन नोटिस जारी भएको थियो ।

डिफ्युजन नोटिस जारीका लागि वैदेशिक रोजगार विभाग तिनकुनेले २०६९ जेठ ८ गते नेपाल प्रहरीलाई पत्राचार गरेको खबर नेपाल समाचारपत्रमा छ।

उक्त विभागद्वारा ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरीवाना तोकिएका प्रतिवादी निरौला झापाको काँकडभित्ता, भारतको नयाँ दिल्ली हुँदै चीनको ग्वाङजुबाट नेपाल आउने क्रममा अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । निरौलालाई थप आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।





Comments

comments

24435