गणेश विषमलाई लेखनाथ पुरस्कार

त्रिमूर्ति निकेतनले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने दाङका श्री गणेश विषमलाई २०७५ सालको ‘लेखनाथ पौड्याल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको साधारणसभाले सो निर्णय गरेको हो।

आगामी भदौ ११ गते चौधौं त्रिमूर्ति दिवसका अवसरमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट सो पुरस्कार समर्पण हुने भएको छ।





Comments

comments

Leave a Reply

24439