चिनियाँ सहरहरु आर्थिक संकटमा

बेइजिङ (एजेन्सी)
अमेरिकासँगको ब्यापार युद्ध चलिरहेकै बेला चीनका कयौं सहरमा आर्थिक संकट मन्डराइरहेको एक सर्वेक्षण प्रतिवेदनले दावी गरेको छ ।

विश्व भरका देशहरुमा आफनो ब्यापार ब्यवसाय फैलाउने प्रयासमा विभिन्न महत्वाकांक्षी परियोजनामा अकुत धन लगानी गरिरहेको चीनका ती सहरहरुको आर्थिक स्थिति कमजोर बन्दै गएको बताइएकोछ ।

हुनान प्रान्तको चांगदी जस्ता देशका कयौं सहरहरुको स्थिति नाजुक बन्दै गइरहेको र कयौं सरकारी परियोजना गति अत्यन्त सुस्त भइरहेको छ । साउद चाइना मर्निंग पोस्टको एक प्रतिवेदनमा चीनका कयौं सहर आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गरेको छ ।

६० लाख आवादी रहेको चांगदी सहरका ४४ बर्षिए बासिन्दा तथा दुई बच्चाका पिताले भने– यो मेरो कल्पना भन्दा परको हो । कयौं सडकहरु बन्नुले पुरै क्षेत्र अत्यन्त तिब्र रुपमा विकसित भएको छ तर अहिले कयौं सरकारी परियोजनाहरुमा काममा ढिलाइ भइरहेको छ ।

यो स्थिति चीनका अन्य सहरहरुमा पनि देखिएका छन् । तिब्र विकासका लागि यी सहरका स्थानिय प्रशासनलाई स्टेट बैंकिंग सिस्टमबाट सजिलै ऋण प्रवाह गरिएको थियो र प्रारुप विकासमा ब्यापक खर्च गरिएको थियो ।

सडक, पुल, विमानस्थल, रेलवे, गगन चुम्बी, सम्मेलन केन्द्र र खेलकुद मैदानमा सरकाको तर्फबाट ब्यापक खर्चका कारणले नै विगतको दशकमा चीनको आर्थिक बृद्धीमा तिबताले भएको थियो ।

यद्यपी यी सबै कार्यले नै बेइजिङमाथि प्रचुर ऋण थुप्रिन पुगेको थियो । बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सले मध्य २०१७ मा कुल ऋणलाई चीनको कुल गार्हस्थ उत्पादको द्द सय ५६ प्रतिशत बताइएको थियो । यसमा सबैभन्दा धेरै सरकारी उद्योग र स्थानिय सरकार जिम्मेवार छन् ।

चीनका राष्टपति सी जिनपिंगले वित्तिय जोखिम कम गर्नका लागि अर्थब्यवस्थामा कुल ऋणको स्तरलाई न्युनतम राख्न चाहेका छन् तर यो सहज भने छैन । चांगदी जस्ता सहरका विकासका लागि सरकारले लगानी गुर्न नै पर्ने हुन्छ । चांगदीलाई चीनको स्टालिनग्राड भन्ने गरिन्छ । किनभने सन् १९४३ मा यसले जापानीहरुलाई कडा चुनौती दिएको थियो ।

यो सहर क्षेत्रमा आर्थिक केन्द्रका रुपमा उदय हुन चाहन्छ । यो प्रान्तिय राजधानी चांगसाबाट रेलबाट मात्र २ घण्टाको दुरीमा पर्छ । यो चीनको ती सयौं सहरमध्यको एक हो, जसले आर्थिक परिदृष्यमा ठुलो भमिकामा आउने प्रयास गरिरहेका छन् ।

यद्यपी कयौं सहर जस्तै यसको विकासको मोडल र संरचनागत सुविधामा खर्च सरकारको अपेक्षा तथा बजेट भन्दा धेरै भएको छ । गत बर्ष चांगदीको आय १६ अर्ब युयान रह्यो जुन उसको कुल खर्चको एक चौथाई मात्र हो । त्यसको बाँकी पुर्ति बेइजिंग र चांगसाबाट भएको हो ।

यी सबै त्यसतो बेला भइरहेको छ जब बेइजिंगले सार्वजनिक तथा निजि साझेदारमा नियन्त्रण कडा पारेको छ जसले इन्फ्रास्ट्रक्चरमा लगानी गरिरहेको छ । त्यसैगरि बैंकहरु पनि तत्काल फाइदा नहुने क्षेत्रमा ऋण प्रवाह गर्न बचिरहेका छन् ।

सरकारी दस्तावेजका अनुसार कम्तिमा सहरका ७ ठुला परियोजना सुरु नै हुन नसकेको स्थितिमा छ । पुनर्निमाणका दर्जनौं परियोजना पनि छन जसमा सिटीका प्लानिंग एजेन्सीले काम गरिरहेका छन् ।

चांगदी डेभलपमेन्ट एन्ड रिफम कमिसनका अनुसार सरकारी ऋण समाप्त पार्ने र सरकारी खर्च रोक्ने नितिका कारण यो ढिलाई भइरहेको हो । यसैबीच केन्द्र सरकारले कयौं प्रान्तिय सरकारलाई अहिले नयाँ लगानी गर्ने विषयमा नसोचेर पुरानो चलिरहेका परियोजना सम्पन्न गर्नमा ध्यान केन्द्रित गर्न प्रष्ट निदेर्शन दिएको खबर नेपाल समाचारपत्रमा प्रकाशित छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24474