नेपाली सामुदायिक भवन निर्माण गर्न ५ लाख ७७ हजार डलर संकलन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपाली सामुदायिक भवन निर्माणगर्न सहयोग संकलन गर्ने उद्धेश्यले अयोजित कोलोराडो सप्ताहको शनिवार एक समारोहबीच सम्पूर्ण आम्दानी खर्च बिवरण सार्वजानिक गरिएको छ ।

सप्ताहको बिस्तृत आम्दानी खर्चको बिवरण तयार पार्न आर्थिक समितिको आग्रहमा गठित ३ सदस्सीय लेखा परिक्षण समितिले दिएको प्रतिवेदन सार्वजानिक गरिएको हो।

कार्यक्रममा संघ संस्थाका पदाधिकारी, अध्यक्ष मण्डलका सदस्य, गन्यमान्य, बुद्धिजीवी, सहयोग दाता, पत्रकार, ब्यवसायी तथा सर्वसाधारणको उपस्थिती रहेको थियो।

थप फोटोहरु यहाँ हेर्नुहोस्

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्थाहरुको आयोजनामा गत अप्रील २८ देखि मे ५ तारिखसम्म आयोजित श्रीमद् भागवत महापुराणको आम्दानी खर्च बिवरण, आर्थिक समितिका संयोजक संगिता सोत्रीया र नेपाली घरका कोषाध्यक्ष एबं आर्थिक समितिका सदस्य जगदिश ढकालले पुराण लगाएको स्थानमा सार्वजानिक गरेका हुन्।

कार्यक्रममा लेखा परिक्षण समितिकातर्फबाट सदस्यद्धय सोम बराल र रोहित ढुंगेलले आम्दानी खर्चको बिवरण पेनी,पेनी हिसावगरी ब्यवस्थित तरिकाबाट राखिएको आफूहरुले पाएको बताए।

यसरी सार्वजानिक गरिएको प्रतिवेदन अनुसार नगद सहयोग तथा कलसबाट आम्दानी जम्मा १ लाख २० हजार ९ सय ४ डलर १५ सेन्ट, र सहयोग दाताहरुले दान गर्न प्रतिबद्धता जनाएको रकम ४ लाख ६९ हजार ६ सय ६० डलर ३२ सेन्ट गरि, जम्मा सहयोग संकलन ५ लाख ७७ हजार ९ सय ८९ डलर ४७ सेन्ट रहेको छ।

यसबाट बिभिन्न शिर्षकमा ४४ हजार २ सय ५५ डलर २९ सेन्ट खर्च भई नेपाल घरको खातामा ७६ हजार ६ सय ४८ डलर ८६ सेन्ट रहेको कोषाध्यक्ष जगदिश ढकालले बताए।

कार्यक्रमको दोश्रो चरणमा अब नेपाली र नेपालीमूलका नेपाली भाषीहरुको आस्थाको केन्द्र नेपाली सामुदायिक भवन निर्माण प्रकृयालाई कसरी अगाडी बढाउने भन्ने बारेमा उपस्थित संध संस्थाका प्रतिनिधीहरुबाट आ– आफ्नो अवधारण प्रस्तुत गरिएको थियो।

यसरी अवधारणाहरु प्रस्तुत गर्नेहरुमा अध्यक्ष मण्डलका तर्फबाट डा. बिजयराज शर्मा, नेपाली घरका अध्यक्ष लछुमण राना, रकी माउन्ेट फ्रेण्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, ग्लोवल भुटनीज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुंगना, ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्मा, लङमन्ट हिमालयज् लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, तमुधि कोलोराडोका सचिब भुवन गुरुङ र बल्ड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका श्रीराम लुईटेल रहेका थिए ।

त्यस्तै कार्यक्रममा टिका पौडेलले सम्पूर्ण कोलोराडो बासीका तर्फबाट भन्दै लिखित अवधारण गरेका थिए।

उनीहरुले अब साना तिना समस्याहरुमा नअल्झि जोडतोडका साथ दाताहरुबाट प्रतिबद्धता गरिएको सहयोग रकम संकलन गर्न, सामुदायिक भवन निर्माण स्थल पहिचाहन गरि खरिदगर्न सबै संघ संस्थाका प्रतिनिधि रहेको समितिहरु चयन गरी प्रकृया आगडी बढाउन सुझाएका थिए।

कार्यक्रममा बिषय बस्तु प्रवेश अध्यक्ष मण्डलका सदस्य रामप्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन आरका सदस्य नविन दत्तले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24489