रसुवागढी–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब

काठमाडौं रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदनले यस्तो अनुमान गरेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।

प्रतिवेदनका आधारमा रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने देखिएको छ।

प्रतिवेदनले रसुवागढी–काठमाडौं ७२.२५ किमि रेलमार्गमध्ये ९८ दशमलव ५ प्रतिशत पुल र सुरुङ रेलमार्गको हिस्सा हुने देखाएको छ । करिब ९ वर्षमा निर्माण सम्पन्न गर्न सकिने उक्त रेलमार्गका लागि वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने उनको भनाइ छ।

रेलमार्गबारे विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न गत वैशाखमा चिनियाँसँग सम्झौता भएको थियो।

चाइना रेल्वे फस्ट सर्भे एन्ड डिजाइन इस्टिच्युटले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो । त्यसअघि चाइना नेसनल रेल्वेका उपप्रशासकको नेतृत्वमा आएको टोलीले रसुवागढीदेखि लुम्बिनीसम्मको रेलमार्ग सम्भाव्यताबारे अवलोकन गरेर फर्किएको थियो । नयाँ पत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24500