प्रधानमन्त्रीको सम्बोधनले राजपामा विवाद

प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा)भित्र विवाद निम्त्याएको छ ।

एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत भन्दै जरिवाना तिराउनुपर्नेसम्मको माग गरेका छन्।

प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने भन्दै राजपा प्रदेश २ का सचेतक परमेश्वर साह र राष्ट्रिय सभा सदस्य वृजेश लालले प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने तर्क गरेका हुन् । उनीहरूको कडा मागपछि राजपामा मतभेद झन् बढेको खबर नयाँ पत्रिकामा छ।

कतिपय सदस्यले पार्टी संयोजक महन्थ ठाकुरले दोहोरो चरित्र देखाएर जानाजान विवाद जन्माएको आरोप लगाएका छन् ।

केन्द्रमा प्रधानमन्त्री ओलीनिकट रहने र प्रदेशमा पनि आफ्ना सदस्यमार्फत विरोध गर्न लगाउने दोहोरो चरित्र ठाकुरले देखाएको आवाज उठेको छ । प्रधानमन्त्रीको सम्बोधनको विरोध गर्ने लाल र साह दुवै ठाकुरनिकट नेता हुन् ।

पार्टीमा शृंखलाबद्ध विवाद
राजपामा सांगठनिक गतिविधि शून्य हुने र आन्तरिक निर्णय नेतृत्वबाट एकलौटी भएको भन्दै असन्तुष्टि बढेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनोटदेखि नै नेतृत्वले एकलौटी निर्णय गर्ने गरेको असन्तुष्टि बढेको हो । राजपा स्रोतका अनुसार प्रदेश २ को मन्त्री र राज्यमन्त्री छनोट, राष्ट्रिय सभा सदस्य छनोट, प्रदेशको सचेतक चयनदेखि प्रतिनिधिसभा संसदीय दलको नेतृत्व चयनसम्ममा एकांकी निर्णय भएको छ।

यी सबै विषयलाई लिएर असन्तुष्टि छ । संसदीय दलको नेतामा चयन भए पनि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अहिलेसम्म उपनेता र प्रमुख सचेतक नियुक्त गर्न सकेका छैनन् । यो अवस्थाबाट नेता राजेन्द्र महतो र शरत्सिंह भण्डारी बढी असन्तुष्ट छन् ।

संयोजक ठाकुरले प्रदेश २ मा एकजना राज्यमन्त्री दिने आश्वासन दिएर संसदीय दलको नेता चयन गर्ने वेला नेता भण्डारीलाई आफ्नो पक्षमा लिएका थिए । अघिल्लो दिनसम्म भण्डारी दलको नेता राजेन्द्र महतोलाई बनाउने पक्षमा थिए । तर, लगत्तै प्रदेश २ को सरकार राज्यमन्त्रीका लागि सिफारिस भएका ३ जनामा भण्डारीको मान्छे कोही पनि परेनन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24528