निर्मला हत्या प्रकरणः गृहमन्त्रीले भनेका दुईजना कहाँ हराए ?

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो।

तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त मनस्थिति भएका (घटनामा निर्दोष) बिष्टलाई पक्राउ गरिएको भन्दै मृतक बालिकाका परिवार, आफन्त तथा स्थानीय आन्दोलित छन्।

दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए।

तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन।

एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानेका छैनन्। नयाँ पत्रिकामा समाचार छापिएको छ।





Comments

comments

Leave a Reply

24536