पोखरामा पुष्पाको रहस्यमय मृत्यु ! स्कूल बसबाट झरेपछि बेपत्ता थिइन्

लेखनाथ—विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ ।

पोखरा १९ लामाचौरकी १३ बर्षीया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर परे भेटिएको खबर कान्तिपुर दैनिकमा छ।

विन्ध्यावासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी विहीबारदेखि हराईरहेकी थिइन् ।

पारिवारिक श्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे घरभन्दा सय मिटर वर छाडेको थियो ।

बहिनीसँगै स्कुल वस चढेर फर्किँदै गरेकी उनी तरकारी किन्न भन्दै केही वरै झरेकी थिइन्।

तर अवेरसम्म घर पुगिनन् । घर नआएपछि वबुा नृपेन्द्र खत्री र आमा गोमा केसीले यताउता खोज्न थाले ।

छोरी साथीको घरमा गएको आशंकामाा त्यो दिन प्रहरीलाई खबर गरेनन् । शुक्रबार विद्यालय जाने बेलासम्म पनि नआएपछि उनीहरुले विद्यालयमा खबर गरे।





Comments

comments

Leave a Reply

24561