पोष्टमार्टम रिपोर्टमा पुष्पाको टाउकोमा चोट लागेको देखियो

पोखरा- बेपत्ता भएको दुई दिनपछि मृत भेटिएकी १३ वर्षीय बालिका पुष्पाको टाउकोमा गम्भीर चोट लागेको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

मृत बालिकाको शनिबार पोष्टमार्टम गरिएको थियो। स्थानीयका अनुसार पोष्टमार्टम गराउँदा बालिकाको टाउकोमा रगत जमेको भेटिएको छ। तर, बालिका आफैं लडेर वा कसैले हानेर टाउकोमा चोट लागेको भन्ने विषय थाहा भने भईसकेको छैन।

विन्ध्यावासिनी मावि कक्षा ६ की विद्यार्थी केसी बिहिबार विद्यालयबाट घर नै नपुगी बाटोबाटै हराएकी थिईन्। विद्यालय प्रशासनका अनुसार उनी तरकारी किन्नको लागि घरभन्दा २ सय मिटर तल नै बसबाट झरेकी थिईन्।

बिहीबार नै उनी हराएतापनि साथीकोमा गएको हुनसक्ने आशंकामा खोजीकार्य भएको थिएन्। तर, शुक्रबार घरभन्दा पर लामाचौरको ढाँड भन्ने ठाउँमा उनको झोला भेटिएपछि बालिकाको खोजीकार्य सुरु भएको थियो । स्थानीयले उनको शव झोला भेटिएको ठाउँभन्दा ५ सय मिटर पर सेती नदिको माथिपट्टि फापरतरो भन्ने ठाउँमा फेला पारेका थिए। नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

24576