धरान र पथरीको मेगा लाइभ कन्सर्टमा दिपक बज्राचार्य आउंदै

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगीतिक समूह रिदम र नेवारी संस्कृतिक समूहको साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउदैछन्।

आगामी भदौ २२ गते शुक्रबार पथरी शनिस्चरेस्थित पथरी रंगशाला र भदौ २३ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ मा गायक दिपक बज्राचार्य गुन्जिनेछन्।

काली काली हिस्सी परेकी . ओ अमिरा , समय , कत्ति बस्छौ माईतीघरमा , अँध्यारोमा , मायाको डोरीले , जाऊ फर्केर जाऊ, म कुनै ऋतु हैन , तिमीलाई भुलेको छैन ,नदुखेको मन जानी जानी , झुमी झुमी ,सानी हुदै मनमगनजस्ता थुप्रै हिट गीतहरु दिएर देश- विदेशमा अहिले सम्म उतिकै व्यस्त रहने केहि गायकहरु मध्ये दिपक बज्राचार्य पनि पर्दछन्।

पछिल्लो समयमा आफ्ना पुरानो गीतहरुमा समेत नेवारी संस्कृति ,नेवारी बाजा , लाखेनाचहरुको सम्मिस्रण गरि आफ्नो भिन्न पहिचान बनाउन सफल गायक दिपक बज्राचार्यले पूर्णत नेवारी संस्कृतिलाई आधुनिक रुपमा पस्किएको पछिल्लो नया गीत मनमगनले उनलाई पुन नयाँ उचाई दिएको छ। यहि गीतको लोकप्रियताले अहिले उनि सांगीतिक वर्ल्डटुरको लागि व्यस्त छन् । भर्खरै नेवारी भर्शनमा रिलिज गरिएको यो गीतको नेपाली भर्शन ५० लाख माथिले हेरिसकेका छन् भने चाडै नै यहि गीत ओरिजिनल भिडियो संगै हिन्दी भाषामा समेत आउदैछ र यसको प्रवद्वनको लागि भारतको डिजीट्युन कम्पनीले एक करोड खर्च गर्दैछ।

धरान र पथरीमा हुने कन्सर्टमा उनले आफ्ना नयाँ पुराना गीतहरु गाउनेछन् । लामो अन्तराल छि धरानमा कन्सर्टको लागि आउन लागेका दिपकको पथरीमा भने पहिलो कन्सर्ट हो।

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्ट र माउन्ट एभरेस्ट स्पोर्ट्स एंड इभेन्टको संयोजनमा तथा नेवा : दय दबुको सहभागितामा हुन लागेको कार्यकर्ममा दिपक बज्राचार्य संगै पूर्वका चर्चित गायक डिल्ली फोम्बो र उनको ब्याण्ड द बिमोक्स , चर्चित र्यापर बुलेट फ्लो (जीएक्स सोल ) ले आफ्नो प्रस्तुति देखाउने छन्।





Comments

comments

Leave a Reply

24588