तमू समाज पोर्चुगलको अध्यक्षमा प्रितम तमू

वाई बि तमू / एचकेनेपाल डट कम –

लिस्वोन, पोर्चुगलको नेपाली डायस्पोरामा सक्रिय सामाजिक संस्था “तमू समाज,पोर्चुगलको” अध्यक्षमा प्रितम तमू सर्वसम्मत निर्वाचित भएका छन््।

तमू समाज,पोर्चुगलको सोमबार सम्पन्न सातौँ ऐतिहासिक अधिवेशनले आगामी(२०१८—२०२०) दुई बर्षे कार्यकालका लागि २१ सदस्य नयाँ कार्य समिति चयन गर्दै राजधानी लिस्वोनमा सम्पन्न भएको छ।

पोर्चुगलमा करीव चार सय भन्दा बढी तमू दाजुभाई तथा दिदीबहिनीहरु बिभिन्न पेशा तथा ब्यावसाय गर्दै बसोवास गर्दछन््।

सन २००८ मा स्थापना भएको तमू समाज पोर्चुगलको नेपाली डायस्पोरामा रहेका अन्य बिभिन्न संघ संस्थाहरुसँग हातेमालो गर्दै अग्रणी स्थानमा आफ््नो भूमिका निर्वाह गर्दै आएको संस्था हो।

ज्योति छायाँ तमू (हाल बेल्जियम), पन्च तमू (हाल नर्वे), र राज कुमार तमूले समाजको नेतृत्व गरि सकेका छन्् भने पोर्चुगलका लागि नेपाली पर्यटनदूत, सफल ब्याबसायी, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य,गैरआवासीय नेपाली सँघ, पोर्चुगलका पूर्व अध्यक्ष, समाज सेवी रमेश कुमार तमू यस समाजका एक मात्र संरक्षक हुनुहुन्छ।

प्रवासमा रहेका तमू दाजुभाई तथा दिदीबहिनीहरुबीच आपसी मेलमिलाप, सहयोग र सद््भाव कायम गर्ने उद्धेश्य अनुरुप स्थापना गरिएको यस समाजले आफ््नो भाषा, धर्म तथा संस्कृतिको संरक्षण, सम्बर्धन,प्रबर्धन र विकासका लागि स्वदेश तथा विदेशमा पुलको रुपमा काम गर्दै आएको छ भने अन्य समुदायहरुसँग पनि आपसी मेलमिलाप, सहयोग, र सद््भाव कायम राख्दै संस्थागत विकासका साथै समुदायको विकासमा अग्रसर रहदै आएको छ।

नव निर्वाचित कार्य समितिहरुको नामावली यस प्रकार रहेको छ।
१) अध्यक्ष — प्रितम तमू
२) उपाध्यक्ष — आरती तमूस्यो
३) उपाध्यक्ष — मिलन तमू
सचिव — अम्मर तमू
कोषा—ध्यक्ष — पार सुब्बा तमू
सह—सचिव—उमेश तमू
सदस्य — राजु तमू
सदस्य—सुनिल तमू
सदस्य— नविन तमू
सदस्य— राजेश तमू
सदस्य—सरला तमूस्यो
सदस्य—देवी तमूस्यो
सदस्य—जग्दीश तमू
सदस्य— अनिल तमू
सदस्य—हिरा काजी तमू
सदस्य—कमल तमू
सदस्य—भिम तमू
सदस्य— सिजन तमू
सदस्य—शान्ति तमूस्यो
सदस्य—रुविन तमू

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24590