दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…

काठमाडौँ, १५ भदौ । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ।

तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन्।

भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन।

अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ। सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन्।

उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो।

गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दुध हो कि भनेर दुहेको त हो रहेछ, तार थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु, उनले भने, सबैले भगवान शिवजीको साढे नन्दी भनेर पुजा गर्न थालेका छन् । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

24619