सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै !

एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् ।

मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन्।

कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको खबर अन्नपूर्ण पोष्टमा छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन्।

आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरिए पनि शनिबार बिदा भएकाले आइतबार मात्रै जाहेरी दर्ता गरिने कोहलपुर प्रहरीले जनाएको छ।

त्यस्तै मंगलबार कोहलपुर नगरपालिका–३ मैटहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर–४ बस्ने १५ बर्से किशोर हरूण खाँले घर पुर्याइदिने भन्दै आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका बलात्कारको सिकार भइन् । कञ्चन गाउँपालिकाकी उनलाई २० बर्से विकल भन्ने खेमबहादुर पुनले बलात्कार गरेका थिए । मावली घर आएकी उनलाई राति चकलेट दिन्छु भन्दै उनले बलात्कार गरेका हुन्।





Comments

comments

Leave a Reply

24646