कोलोराडोमा प्रहरीको गोलीबाट मृत्यु भएका नेपालीको अन्तिम श्रद्धाञ्जलि…

अलविदा वीरेन्द्र

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

सेप्टेम्बर २, कोलोराडो, अमेरिका। “मेरो बाबुलाई उठ्न भन्नु न मैले भनेको मानेनन्, यति धेरै मान्छेले भनेपछि त मान्छन् कि”? यी भनाई अगष्ट २५ तारिखका दिन प्रहरीको गोली प्रहारबाट मृत्यु भएका वीरेन्द्र ठकुरीको आमा सानु ठकुरीले छोराको अन्तिम श्रद्धाञ्जलि हुदै गरेको कार्यक्रममा बर्बराउदै बोलेकी हुन्।

प्रहरीको गोलीबाट आठ दिनअघि मारिएका वीरेन्द्रको शनिवार कोलोराडोको थ्रोन्टनस्थित डेविड एण्ड टेबलर फ्यूनरलमा अन्तिम दाह संस्कार गरिएको छ। घटनाको कारण अहिलेसम्म थाहा भएको छैन । अनुसन्धान जारी रहेको बताईएको छ।

वीरेन्द्रको संझना र मृत आत्माको चिर शान्तिको लागि १ मिनेट मौन धारणा गर्दै सुरु भएको श्रद्धाञ्जलि सभा, पाष्टर बबले क्रिश्चियन धार्मिक परम्परा अनुसार बाईबलका भनाईहरु राख्दै आगाडि बढाएका थिए।

विरेन्द्रका धर्म दिदी अन्जुला अधिकारी, पाष्टर ब्रस थोमस, ठूलीआमा सान्ता साप्कोटा, उनीसंगै काम गर्ने साथी लोरी, साथी कर्मा शेर्पालगायतले उनीसंग बिताएका समयहरुको स्मरण गरेका थिए । त्यस्तै वीरेन्द्रको आमा सानु ठकुरीले छोरा शहीद भएको भन्दै छोरालाई न्याय दिलाएर छाड्ने बताएकी थिईन्।

त्यसैगरी कार्यक्रममा लछुमन राना, रमेश गुरुङ, बुद्धि लामिछानेलगायतले वीरेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अमेरिका जस्तो प्रजातान्त्रिक देशमा घटना भएको आठ दिन सम्मप नि घटनाको कारण सार्वजनिक नहुनु उदेक लाग्दो रहेको भनेका थिए । यस घटनाले सम्पूर्ण नेपालीलाई एकजुट परेको भन्दै बीरेन्द्रले न्याय पाउनुपर्ने बताएका थिए । उनीहरुले कानुनी लडाईको लागि गोफन्ड खोलिएको र यसमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका थिए।

श्रद्धाञ्जलि सभामा गन्यमान्य, बुद्धिजीवी, नेपाली संघ संस्थाका प्रतिनिधि, वीरेन्द्रका परिबार, आफन्त, स्थानीय अमेरिकन, उनका साथीहरु, पत्रकार, ब्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । श्रद्धाञ्जलि सभापछि उपस्थित सबैले उनलाई फूलका गुच्छा खादा चढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए।

त्यसैगरी आमा सानु ठकुरी र धन पौडेलले नेपाली ढाकाको टोपी लगाई दिई नेपाली झण्डा ओडाएर नेपालीको पहिचान दिएका थिए। वीरेन्द्रका मामा हरि ढकालले बिद्युतीय स्विच थिचेर वीरेन्द्रलाई अन्तिम बिदाई गरेका थिए । कार्यक्रम बिनोद त्रीपाठीले सञ्चालन गरेका थिए।

त्यसैगरी बीरेन्द्रलाई गोली हानिएको घटनास्थल फेडल बुलुवार्ड र ११५ एभेन्यू नजिक चोकमा वीरेन्द्रको सम्झना र आत्माको चीर शान्तिको लागि दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ।

थप फोटोहरु हेर्ने यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

24658