कक्षा ९ मा पढ्ने किशोरीमाथि सामुहिक बलात्कार!

झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए।

पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको खबर कान्तिपुर दैनिकमा छ।

दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन्।

उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् । बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।





Comments

comments

Leave a Reply

24683