टिपरको अर्को आतंकः फेरि लियो दाजुभाईकै ज्यान !

बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ। मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो।

उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय विकास राई र २३ बर्षीया सचिन्द्र राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । मृतक विकास र सचिन्द्र दाजुभाई हुन्।

विदेशबाट आएको सामान लिन उनीहरु महोत्तरीको बर्दिवाससम्म यात्रारत थिए।

चारपाङ्ग्रे एउटा गाडीलार्य ओभरटेक गरेको स ५ प ९०४६ मोटरसाईकललाई ढल्केबरबाट पूर्वतर्फ गईरहेको ना १ प ६१८९ नम्बरको टिपरले ठक्कर थिएको थियो ।

टिपर तिब्र गतिमा थियो ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर दीपक साहले भने । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24713