त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ७ कार्तिक । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा विहीवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६औं जयन्ती मनाइएको छ।

देवकोटा जयन्तीको अवसमा त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदकोको सालिकमा माल्यार्पण गरेर सम्मान व्यक्त गरिन्। सोही अवसरमा लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदीले कविशिरोमणि लेखनाथ पौडयाल र बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठले नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा माल्यार्पण गरे।

त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा गोपाल पराजुली, सन्ध्या पहाडी, बाबा वस्नेत, यादव भट्टरराई, ललिता दोषी र बाबु त्रिपाठीले कविता वाचन गरेका दिए।

कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै
त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2478