धरानमा दिपकको काली काली हिस्सी परेकी…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान। गितार बजाउदै पब्लिक स्कुलको मैदानमा शनिबार साँझ आयोजित टुबोर्ग मेगा लाइभ कन्सर्टको स्टेजमा चढेपछि गायक दिपक बज्राचार्य आफ्नो प्रशंसकहरुको भिडको आवाजले प्रफुलित मुद्रामा काली काली हिस्सी परेकी गाउदै स्टेजमा झुल्किए।

डेढ दशकको अन्तरालमा धरानको स्टेजमा देखा परेका गायक दिपक बज्राचार्यलाई सुन्न हजारौको भिड जम्मा भएको थियो । ५ बजे सुरु हुने भने पनि ७ बजेदेखि मात्र दर्शकहरुको भिड बढ्न थालेको कार्यकर्ममा गायक दिपकले यहा त ८ बजेदेखि मात्र कन्सर्ट सुरु हुन्छ भन्ने सुनेको थिए सांचै हो रैछ भन्दै आफ्ना गीतहरु गाउन सुरु गरे।

उनले काली काली हिस्सी परेकी ,ओ अमिरा,मायाको डोरीले,जाउ फर्केर जाउ , म कुनै ऋतु हैन , सानी र अहिले निक्कै चर्चा मा आएको गीत मनमगनलगायत एक दर्जन बढी गीत हरु प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्र मुग्ध पारे । उनको प्रस्तुतिमा उनका गीतहरु संगै विशेषत गितार ,बाँसुरी को सम्मिश्रण तथा लाखे र धामीको आकर्षक नृत्यले पनि नौलोपनको स्वाद दर्शक हरुले पाएको देखिन्थ्यो । उनका हरेक गीतहरुमा आएको वान्स मोरको हुटिंगले उनि रात भर पनि गाउन पछि नपर्ने मुड देखिन्थ्यो।

कार्यक्रममा नेवा देय दबुको तर्फबाट नेवारी मौलिक संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने नेवा देय दबुले नेवारी संस्कृतिलाई आफ्नो संगीत मार्फत अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकोमा गायक दिपक बज्राचार्यलाई सम्मान गरेको थियो भने धरानका चर्चित गायक डिल्ली फोम्बोले बिम्क्स ब्याण्डको साथमा म माया लाउदिन , माइली , चिट्टिक ,रातकी रानी लगायतका आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुको ताली पाएका थिए । त्यस्तै कथा काठमाडौँको प्रचारमा आएका र्यापर बुलेट फ्लो को प्रस्तुति पनि रोचक नै रहयो।

कार्यक्रमको संचालन इक्सा मादेन र सुरेश राइले गरेका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा टुबोर्ग मेगा लाइभ कन्सर्टको दोस्रो संस्करण आयोजना भएको हो।

गत बर्ष गायक एड्रीन प्रधान र धराने गायकहरुको प्रस्तुतिमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ आयोजना भएको थियो । यो बर्ष भने धरानमा शनिबार र पथरीमा माउन्ट एभरेस्ट स्पोर्ट्स एंड इभेन्टको सहकार्यमा शुक्रबार नै मेगा लाइभ कन्सर्ट आयोजना भएको थियो।





Comments

comments

Leave a Reply

24781