टाईफूनका कारण आज किन्डरगार्टेन स्कूलहरु बन्द! केही दिनभित्र हङकङमा ठूलो आँधीबेहरी आउने…


न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ १२ सेप्टेम्बर। हङकङको शिक्षा ब्यूरोले किन्डरकार्टेन, शारीरिक र बौद्धिक विकलांगताका लागि संचालित बिद्यालयहरु निलम्बन गरेको छ।

शिक्षा ब्यूरोले सूचना जारी गरेपछि उल्लेखित विद्यालयहरु बन्द हुने भएको छ।

विहान ११ बजेदेखि अपरान्ह १ बजेभित्र उष्णकटिबंधीय चक्रवात (ट्रोपिकल साईक्लोन) सिग्नल नं. ३ आउन सक्ने भन्दै शिक्षा ब्यूरोले सचेत गराउदै विद्यालय बन्द गराएको हो।

त्यसै गरी, केही दिनभित्र हङकङमा ठूलो आँधीबेहरी (सुपर टाइफून मंगखत) आउन सक्ने अनुमान गरिएको छ। यसले हङकङको जनजीवन अस्तव्यस्त बनाउने छ।

गत हप्ता जापानमा आएको आँधीबेहरीले ११ जनाको ज्यान लिएको थियो। करोडौंको धन सम्पतिको क्षति भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24802