दर खाएर नाच्दा नाच्दै मृत्यु

काठमाडौँ, २८ भदौ । तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ।

छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए।

अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

सिवाकोटी बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमापछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

24807