एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न पहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लि विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप विष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने अधिकारी नै घटनामा संलग्न रहेको आशंकमा मजबुद भएको बताएका छन्।

एसपी विष्ट, डिएसपी सेठी र सिआईबीका डिएसपी अंगुर जिसीलार्य निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरुका कल डिटेल हेरिनुपर्छ, निर्मलाका मामा केश भण्डारीले भने, एसपी विष्डट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेको खबर नागरिकमा छ।





Comments

comments

Leave a Reply

24809