बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर – बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ।

तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागेको खबर नयाँ पत्रिकामा छ।

हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ।

घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने थापाको भनाइ छ।

यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ।





Comments

comments

Leave a Reply

24837