प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे कसले दियो गलत सूचना ?

पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली एकपछि अर्को कामले चर्चित बने । तर, अहिले एकपछि अर्को स्क्यान्डलमा फसिरहेका छन् ।

दिनप्रतिदिन उनको सरकार बदनाम भइरहेको छ । पहिलेभन्दा धेरै काम गर्नसक्ने सहज अवस्था सरकारलाई छ । तर ६ महिना बित्दा पनि सरकारले एउटा पनि ताली पाउने काम गर्न सकेको छैन् ।

पछिल्लो समय महिला हिंसाका घटनामा सरकार असंवेदनशील बनेको भन्दै देशव्यापी रुपमा दबाबमुलक आन्दोलन भइरहेको छ । त्यति हुँदा पनि सरकारमा रहेकालाई कुनै चिन्ता छैन् ।

महिला हिंसाविरुद्ध कुनै पनि योजना सरकारले सोच्न समेत भ्याएको छैन् । अर्कोतर्फ प्रधानमन्त्री स्वयंमले नै कञ्चनपुर घटनामा झुट बोलेपछि पीडितहरु थप आक्रोशित बनेको आरोप छ ।

गत शुक्रबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले नै झुट बोलेपछि प्रहरी अधिकारीहरु नै अचम्ममा परेका छन् ।

प्रधानमन्त्रीले हुँदै नभएको घटना विवरण कार्यक्रममा सुनाएका थिए । मृतक निर्मलाको शव उनको घरबाट स्थानीयले खोसेर भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टको घरमा लगेर प्रदर्शन गरेकोमा प्रधानमन्त्रीको असन्तुष्टि थियो । तर, त्यो घटना नै भएको थिएन् । कसले प्रधानमन्त्रीलाई यसरी गलत ब्रिफिङ गर्यो भन्नेमा गृहमै हलचल मच्चिएको खबर दृष्टि साप्ताहिकमा छ।

यो घटनामा राजनीति भएको हो भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ थियो– ‘पोष्टमार्टम गरेर घरमा लगिएको शव, घरबाट उठाएर मेयरको घरमा पुर्याउनुपर्ने, त्यो के भएको हो ? परिवारले त सदगद गर्न लाँदै थियो, उनीहरुबाट खोसेर मेयरको आँगनमा लास लानु भनेको के हो ? यसभित्र के छ त ?’





Comments

comments

Leave a Reply

24910