असोजबाट सर्वसाधारणका लागि श्रीपेच खुला गरिने

संग्रहालय खुलेको एक दशक पछि नारायणहिटी दरबार संग्रहालय पुरातत्व विभागको मातहतमा आएको छ ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेका थिए ।

त्यस लगत्तै २०६५ फागुन १५ देखि नारायणहिटी सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्रहालय विकास समितिको नामबाट संचालन हुदै आएको संग्रहालयले विकासको गति लिन नसकेपछि मन्त्रिपरिषदको बैठकले विभागको मातहतमा राख्ने निर्णय गरेको बखर नेपाल समाचारपत्रमा छापिएको छ ।

सो निर्णयसंगै विभागले संग्रहालयको गुरु योजना निर्माण गर्न शुरु गरेको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले संग्रहालयलाई थप व्यवस्थित र आकर्षित बनाउने बताए । समाचारमा उल्लेख भएअनुसार, असोज महिनाबाटै श्रीपेच सर्वसाधारणका लागि खुला गरिने छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24915