फेसबुक लफडाः पूर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजूले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् ।

आफ्ना जेठाजू कृष्णकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको खबर नागरिक दैनिकमा छ।

नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपत्तिजनक शब्दको स्क्रिनसट प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन्।

तर, महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन् ।

समुना पुर्वडिएसपी खड्काका आफ्नै भाई दिलीपकुमार खड्काकी श्रीमती हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24983