युन लङमा भएको आगलागीबाट एक महिलाको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

२३ सेप्टेम्बर, हङकङ। युन लङको शाप पात हेयुङ रोडस्थित एमराल्ड ग्रीन रेसिडेन्सियल स्टेट बिल्डिङमा आइतवार साँझ भएको आगलागीबाट एक महिलाको मृत्यु भएको छ।

फायरफाइटर्सको उद्धार टोलीले करीब ५६ वर्षीया महिलालाई राति मृत फेला पारेको समाचार स्रोतले जनाएको छ।

साँझ ५:२१ बजे आगलागी भएको ४ मिनेटमा फायरफाइटर्सको उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो।

टोलीले राति १० तलाको करिडोरमा ति महिलालाई मृत अवस्थामा फेला पारेको जनाइएको छ। महिलाको सनाखत हुन सकेको छैन।

उद्धार टोलीले भवनको बल्कोनीबाट कम्तीमा २० जनाको सकुशल उद्धार गरेको थियो। उद्धारमा ७० जना फायरफाइटर्सको उद्धार टोली र १९ एम्बुलेन्स क्रु मेम्बर परिचालित थिए। आगो साँझ ७:०८ बजे मात्र पूर्ण नियन्त्रणमा आएको थियो। आगलागीको कारण थाहा हुन सकेको छैन। यसको अनुसन्धान भइरहेको जनाइएको छ।

फोटोः अनसीसी र फेसबुक

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25002