एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु, सुस्मिताको अवस्था गम्भीर

गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ ।

एसिड आक्रमणपछि किर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति ११ : ४० मा मृत्यु भएको खबर नयाँ पत्रिकामा छ।

आक्रमणमा घाइते उनकी बहिनी सुस्मिताको पनि किर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । सम्झनाको मृत्युपछि बाबु जादुलाल दासले भने ‘एसिड छर्किएर मेरी छोरीको हत्या गर्ने अपराधिलाई फाँसिको सजाय हुनुपर्छ ।’उनले थपे ‘ एसिडको पीडा कस्तो हुन्छ, अपराधिलाई पनि छर्किएर तड्पाइ तड्पाइ मार्नुपर्छ ।’ आक्रोशित हुँदै उनले भने ‘त्यति पनि नभएर अर्काको छोरीचेलीमाथि गिद्धे आँखा लगाउनेको आँखा फुटाइदिनुपर्छ । ’

अर्की छोरी सुस्मिताको अवस्था पनि गम्भिर रहेको र बाँच्छिन् वा मर्छिन् केही थाहा नभएको उनले बताए । एसिड प्रहार गरेको आरोपमा सोही ठाउँका रामबाबु पासवान पक्राउ परेका छन्।





Comments

comments

Leave a Reply

25015