बलात्कारको आरोपमा दुई प्रहरी निलम्बित

संखुवासभामा कार्यरत दुई सुरक्षाकर्मीलाई बलात्कार गरेको आरोपमा निलम्बन गरिएको छ ।

जिल्लाको छुटा छुटै स्थानमा बलात्कार आरोपमा पक्राउ परि निलम्बन पर्नेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरी जवान मिक्मा शेर्पा रहेका छन्।

बलात्कारको आरोपमा पक्राउ परेका शेर्पा पूर्व क्षेत्रिय दंगा नियन्त्रण प्रहरी गण दुबही सुनसरी दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत रहेका थिए । उनलाई पीडित १६ बर्षीया बालिकाले आफूलाई प्रहरी जवान शेर्पाले बलात्कारको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खादवारीमा जाहेरी दिएको बताईएको छ।

पीडित बालिकाको जाहेरीका आधारमा तत्कालै आरोपित प्रहरी जवान शेर्पालाई पक्राउ गरि जबरजस्ती करणी उधोग मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखी अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक श्यामसारु मगले बताउनु भयो।

त्यसै गरी ईलाका प्रहरी कार्यालय आखिभुई दरबन्दी रहेका सहायक निरीक्षक खतिवडा भने एक महिना अगाडि एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परि जबरजस्ती करणी उधोग मुद्धामा हालै जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका छन । उनीहरु दुवै जनालाई प्रहरी सेवाबाट निलम्बन गरिएको बताईएको छ। नेपाल समाचारपत्रमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25062