देश टुक्राउने पक्षलाई राज्यले नियन्त्रण गर्नुपर्छ

नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले देश टुक्राउने गतिविधिमा लाग्ने पक्षलाई राज्यले नियन्त्रण गर्नु पर्ने वताएका छन ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले राष्ट्रिय अखण्डता अक्षुण राख्न सवै राजनैतिक दलको कर्तव्य भएको बताए । उनले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन हुदैन भन्दै वर्तमान सरकारले यस्ता गतिविधिलाई छुट नदिई समयमै नियन्त्रण गनुपर्नेमा जोड दिए ।

उनले देशमा हत्या, हिंसा र बलात्कार वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै यस सम्बन्धमा गृह प्रशासनले जनतालाई सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औल्याए ।

फरक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्था अनुसार उपसभामुख प्रतिपक्षले पाउने भएकाले यसको पालना सत्तापक्षले गर्नुपर्ने बताए । यस सम्वन्धी विषय सर्वोच्च अदालतमा प्रवेश गरेकोले नेपाली कांग्रेसले निर्णय पर्खिरहेको जानकारी उनले दिए । नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

25086