काठमाडौंमा हुने उडानमा भारतलाई उछिन्दै चीन

दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजनीतिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् ।

यसैको सूचीमा पर्छ, ‘एयर–कनेक्टीभीटी । पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय उडानको संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको खबर कान्तिपुर दैनिकमा छ।

शनिबारदेखि चाइन साउर्दनले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । तीन वर्षअघि चीनको व्यापारीक शहर ग्वानजाव (क्वाङचाउ)–काठमाडौं–ग्वानजाव सातामा दुइटामात्रै उडान गर्दै आएको यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यावसायिक उडान गर्दै आएको छ।

यसले १ सय १५ सिट क्षमताको न्यारोबडी एयरबसलाई शनिबारदेखि हटाउँदै ४ वटा फस्ट क्लास, २४ बिजनेश क्लास र १ सय ९० इकोनोमी क्लाससहित २ सय १८ सिट क्षमताको एयरबस वाइडबडी ३३० बाट उडान थालेको छ ।





Comments

comments

Leave a Reply

25111