पार्टी फुटेपछि पनि मोहन बैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिंदा

भर्खरै विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके ।

तर, तत्कालीन माओवादी कार्यकर्ता अच्चम मान्दै छन्, आखिर किन रामबहादुर थापा बादल प्रकाण्डको पछि यति हात धोएर लागेका होलान?

पार्टी एकीकरणको दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो ।

अरु कुरा मिल्न छाडेपछि दुबैतिरका युवा कार्यकर्ता बागबाजरतिर गफिन थाल्दा बादलसँग पोहोर वैद्य समूह छाडी फर्किएका एकजनाले फ्याटटै भने, उमा भुजेललाई पनि त्यस्तै, गर्नुपर्ने ।

तत्कालीन एमाले कार्यकर्ताले सोधे, किन ?

उनीहरुको झगडा रहेछ, करोडको ।

पार्टी फुटेपछि पनि मोहन बैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिने रहेछन् ।

शायद, हिजोआज पनि उनले प्रचण्डबाट पैसा बुझेको हुनुपर्ने ती कार्याकर्ताको अनुमान थियो । तर, प्रकाण्ड गिरफ्तारी प्रकरणपछि प्रचण्डसँग विप्लवहरु सशंकित छन्, कुराकानी हुन छाडेका छन् ।

नत्र, तीन बर्षअघि प्रचण्डले वैद्यलाई रुपैयाँ दिँदा विप्वलालाई बोलाएर जानकारी दिएका थिए । तर, बादल बोलाईएनन् । वैद्यकहाँ पैसा पुगेपछि बल्ल बादलले चाल पाए । विप्वलले त्यसको आधा रकम आफूमार्फत खर्च हुनुपर्ने माग गरे ।

बादले बैद्यलाई नदिने भन्दै थिए, त्यहि दिनबाट हो, बादल र विप्वलवबीच चर्काचर्की परेको ।

पछि वैद्यले आफूसँग एक रुपैयाँ पनि नराखी आधा बादल र आधा विप्वलवलाई दिए ।

विप्वलव पैसा पाउनसाथ चीन गए ।

किन गए? कसले बोलाएर गए ? यी केहि कुरा पार्टीमा भनेका थिएनन् । वैद्यले सोद्दा पनि साथीले बोलाएको मात्रै भने । जन आस्था साप्ताहिकमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

25139