पूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् भारत ?

काठमाडौं – थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ।

उनी मुम्बईको वाधलापाडस्थित पद्मश्री सिद्ध योगपिठ गुरुधाममा घटस्थापना अर्थात असोज २४ देखि कात्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जानाउनेछन् । ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम छ । नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

25208