जीबन पुनको ‘धनले टाढा’ सार्बजनिक

रोशन मेवाहाङ्ग /एचकेनेपाल डक कम-

लण्डन । मन मस्तिष्क सृजनशील भएपछि कला, साहित्य र संगीत सृजनाका लागि कुनै सिमानाले छेक्दैन। र त मन उडेर जहाँ पुगे पनि आफ्नो माटोको सुगन्ध र जीबनको यथार्थतालाई आफ्नो कलामा विभिन्न तरिकाले पोखिरहेका, पोतिरहेका हुन्छन्।

लामो समयदेखि गृह युद्धमा फसेको अफगानिस्तान जस्तो देशमा रहेर पनि हजारौ परदेशी जिन्दगीको भोगाइहरुलाई आफ्नै देशको सुगन्ध आउने लोक भाका मार्फत गायक जीवन पुनले यसरी पोखेका छन्।

‘रैछ सन्सार पैसामा बिकनी
चोखो माया रैनछ टिकनी
जूनको सामु तारा हरायो
मनले नजिक भएनि मायालु
धनले हाम्लाई टाढा गरायो।’

दाङमा जन्मिएका गायक जीवन पुन सानैदेखि गीत संगीतमा रुचि भएर पनि विभिन्न कारण हजारौ युवा सरह आफू पनि विदेशतिर हिड्न विवश भए। केहि समय परदेश बसाईपछि उनले आफ्नो चाहनालाई दुनियाँ सामु ल्याएरै छोडे। गायक जीवनको सार्बजनिक गीत ‘धनले टाढा’ लोक गीत नेपाली गीतसंगीतमा डेब्यु गीत हो जसमा चर्चित गायिका देबी घर्ती मगरले साथ दिएका हुन् भने शब्दसंगीत सिर्जनामा सन्दीप भुसालले साथ दिएका छन्।

भावना म्युजिक सोलुसनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन् भने अमर शाक्यको सम्पादन र राजेश घिमिरेले भिडियो खिचेका हुन्।

म्युजिक नेपालले केहि दिनअघि आफनो सामाजिक सन्जाल युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको बताए । उक्त गीतको म्युजिक भिडियोमा अहिलेका जल्दाबल्दा मोडलहरु बिमल अधिकारी र सरिका केसीले फिचरिङ्ग गरेका छन्।

छोटो बिदामा घर गएको बेला काम गर्दा सोचे जस्तो काम गर्न नसकिने भएकोले पनि हामी जस्ताका लागि धेरै गाह्रो बिषय रहेको जानकारी गराए । अफगानिस्तान जस्तो देशमा संगीत सिक्ने त टाढाको कुरा संगीत सुन्न पनि सकिदैन। किन कि हामी जस्तो मजदुरका लागि इन्टरनेट सुविधा तथा मोबाइल जस्ता कुराहरु पूर्ण रुपमा निषेध गरिएको गायक पुनले आफ्नो दुखेसो पोखे।





Comments

comments

Leave a Reply

25242