विदेशीको आरोपबाट मुक्त भए असमका नेपाली


फाइल फोटो

सिलिगुडी – लामो समयदेखि बसोबास गर्दै आए पनि असमका नेपालीभाषी (गोर्खा) ले सधैं ‘विदेशी’ को लाञ्छना व्यहोर्दै आएका छन् । बल्ल उनीहरूले यो आरोपबाट मुक्ति पाएका छन् ।

भारतको केन्द्रीय गृह मन्त्रालयले बुधबार असम राज्य सरकारलाई निर्देशनात्मक पत्राचार गरी उनीहरू विदेशी नभएको उल्लेख गरेको छ।

असमका नेपालीहरू विदेशी होइनन्, भारतीय हुन्, उनीहरूलाई शंकास्पद नठान’ पत्रमा भनिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

गृह मन्त्रालयले अब उप्रान्त गोर्खालाई विदेशी नागरिकता न्यायाधीकरणबाट विदेशीको लाञ्छना लगाएर सूचना जारी गर्न नपाइने जनाएको छ।

यसअघि नेपालीलाई असमको विदेशी नागरिकता न्यायाधीकरणले ‘डी भोटर’ अर्थात् शंकास्पद मतदाता करार गर्दै सूचना जारी गरेर बारम्बार दु:ख दिँदै आएको थियो।

‘हामी विदेशी नागरिकता न्यायाधीकरणलाई पटक–पटक स्पष्टीकरण दिन बाध्य थियाैं’, असमका पत्रकार रोहित गौतमले फोनमा भने, ‘यो राजनीतिक समस्याबाट गोर्खाहरूले बल्ल मुक्ति पाए।’





Comments

comments

Leave a Reply

25252