राउटेले प्रधानमन्त्री भेट्न पाएनन्, उपराष्ट्रपतिले दिए ५० हजार

काठमाडौं – प्रधानमन्त्रीलाई भेटी दसैं खर्च माग्न पाँच दिनअघि राजधानी आएका राउटे भेट नपाएपछि शनिबार फर्कंदै छन्।

सुर्खेतबाट आएका चार जना राउटेहरू गत वर्षजसरी भेट नपाउँदा निराश भएर फर्किने तयारीमा लागेका हुन्।

राउटेहरू सँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको बताइन्।

२०६७ सालदेखि राउटेहरू दसैंमा राजधानी आएर प्रधानमन्त्री–मन्त्रीहरूलाई भेट्दै आएका छन्।

गत वर्ष पनि राउटेले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् । खड्काका अनुसार भेट नपाए पनि गतवर्ष सरकारले राउटेलाई रु.५ लाख सहयोग गरेको थियो। ‘यसपालि उपराष्ट्रपति नन्दकिशोर पुनले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ दिनुभयो,’ उनले भनिन्, ‘राउटेको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्‍यो । राउटे बस्तीमा राज्यले स्वास्थ्यचौकी शिविर, शिक्षा चलाउनुपर्‍यो ।’ कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

25254