अनुगमन र शिलान्यासमा बित्यो खानेपानी मन्त्रीको एक दिन

नवलपरासी – खानेपानी तथा सरसफाइमन्त्री विना मगरले शनिबार दिनभर पूर्वी नवलपरासीका विभिन्न खानेपानी आयोजनाको अनुगमन गरेकी छन्।

मन्त्री मगरले देवचुली नगरपालिका–१६ मा शुरु हुनलागेको रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ओभरहेड ट्याङ्कीको शिलान्यास समेत गरेकी छन्।

त्यसै गरी मन्त्री मगरले गैँडाकोट नगरपालिका–१४ मा रहेको नगरटाँडी पुरानो गाहाटाँडीको खानेपानीकोे अवस्थाका बारेमा जानकारी लिइन् । अनुगमनको क्रममा मन्त्री मगरलाई स्थानीय गाहाटाँडीवासीले यस क्षेत्रमा खानेपानी, सिँचाइ, विद्युत्, स्वास्थ्य र शिक्षालगायत मौलिक हकबाट आफूहरू बञ्चित हुनुपरेको दुःखेसो पोखेका थिए।

सो क्रममा उहाँले नगरटाँडी, गाहाँटाडी, तारानगरको सालघारी र भागरसहित यस क्षेत्रको खानेपानीको समस्या स्थलगत रूपमै आफूले महसुस गरेको भन्दै यहाँको डिपीआरका लागि तुरुन्तै सघाउने प्रतिबद्धता व्यक्त गरिन्।

अनुगमनकै क्रममा मन्त्री मगरसमक्ष गैँडाकोटको अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लागि डिपबोरिङ, र ओभरहेडको आवश्यकता रहेको संस्थाका अध्यक्ष गोपी कँडेलले जानकारी दिए।

त्यसैगरी मन्त्री मगरले कावासोती नगरपालिका–१६ मा रहेको अग्यौली खानेपानी तथा सरसफाइ संस्थाको अनुगमनका क्रममा छोटो समयमा खानेपानीले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गरिन्। रासस





Comments

comments

Leave a Reply

25262