सहमतिबाट पछि हट्यो भारत: नयाँ हवाई रुट थप्न मानेन

काठमाडौँ । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ।

प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्रविधिकको वार्ताबाट टुंगिएन ।’

उनका अनुसार नेपालले मागेको हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमित दिन नसकिने जनाएको हो ।

प्राविधिक तहको उक्त एक दिने बैठक बिहिबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25267