परदेश गएको माइतीलाई सम्झदै मिलन!

प्रविन थापा / एचकेनेपाल डट कम –

गायिका मिलन नेवारले दशैं तिहारको उपलक्ष्यमा नयाँ गीतको म्युजिक भिडियो ल्याएकी छन्।

डुकुना नेवारको शव्द र संगीतमा तयार भएको गीतलाई बिबि अनुरागीले संगीत व्यवस्थापन र श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन्।

उपत्यकाको विभिन्न ठाउँमा जीबी लामाले छायांकन गरेको म्युजिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने बिकाश दाहालले सम्पादन गरेका छन्। म्युजिक भिडियोमा मिलन आफै मोडेलको रुपमा देखा परेकी छिन्। उनलाई भिडियोमा प्रविण केसीले साथ दिएका छन्। सांगीतिक भिडियो आफ्नो सांगीतिक प्रेरणाको श्रोत ठूलीआमा डुकुना नेवार र सम्पूर्ण दर्शक श्रोताका लागि दशैँ – तिहारको शुभकामना कोशेलीको रुपमा तयार गरिएको गायिका मिलन बताउंछिन्।

गीतको लिंक:

गाला रातै, स्लोली स्लोली, जहिलेसम्म संसारमा जस्ता चर्चित गीतका गायिका नेवारले विभिन्न १२ भाषाका एक हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन्। उनले राष्ट्रपतिद्वारा प्रदान गरिने नातिकाजी अवार्डदेखि भारतमा दर्जनौ बिबिध राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन्।





Comments

comments

Leave a Reply

25275