महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास

कपिलवस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेको खबर नागरिक दैनिकमा छ।

आठ दिन अघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ।

बर्दियाको बासगढी नगरपालिका–५ घर भएका ओलीले आफ्नै सहकर्मी महिला प्रहरीलाई यही असोज २० गते जबरजस्ती प्रयास गरेका थिए।

प्रहरी कार्यालय नजिकै बसपार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी जवानलाई ड्युटी सकेर घर जाने क्रममा ओलीले समातोर जबरजस्ती गर्न खोजेका थिए।

तर महिला प्रहरीले प्रतिकार गरेपछि ओली भागेका थिए।

लगत्तै ती महिला प्रहरीले आफ्नो श्रीमानलाई खबर गरेकी थिइन्।

त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ओली पक्राउ परको हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25284