गीतकार भुपेन्द्र न्यौपानेको जुनकिरी आउदै

विजय थापा
लामो समयदेखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई रहने यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘” जुनकिरी” नामक गीत बजारमा छिट्टै आउने भएको छ।

हाल अमेरिका बस्दै आएका न्यौपाने समय व्यवस्थापन गर्दै जुनकिरी गीत निकाल्ने तरखरमा रहेका छन् । उक्त गीतको छायाँकन धमाधम भै रहेको छ भने उक्त गीत बिन्ध्यवासिनी म्युजिक प्रालिले बजार ल्याउने भएको छ।

गीतका गायक प्रताप दास हुन् भने सङ्गीत शंकर थापा(स्माइल) ले दिएका छन् । गीत भुपेन्द्र न्यौपानेको रहेको छ भने काजिश श्रेष्ठले निर्देशक दिएका छन्।

गीतमा कलाकारहरु अञ्जली अधिकारी र काजिश श्रेष्ठको अभिनय रहेको छ । छायाँकन अजय रेग्मीको रहेको छ।

विभिन्न संघ संस्थामा आबद्ध रहेका न्यौपाने यहाँ आयोजना हुने सांस्कृतिक तथा सामाजिक कार्यको संयोजन गर्दै आएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25328